अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला यू-२० राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङलाई नियुक्त गरेको छ।
एन्फा महासचिव किरण राईले जुलाई ११ देखि २१ सम्म बंगलादेशमा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिप २०२५ का लागि प्रशिक्षक नियुक्त गरेका हुन्।
एन्फाले मुख्य प्रशिक्षकसँगै थप तीन प्रशिक्षक र व्यवस्थापक नियुक्त गरेको छ।
जसमा सहायक प्रशिक्षकहरूमा सन्देश कुमार श्रेष्ठ र किरण कुमार कार्की छन्।
गोलकिपर प्रशिक्षकमा मीन बहादुर बस्नेत रहेका छन्। यस्तै टोली व्यवस्थापक इन्दु दुवाल छन्।