स्पेनिस क्लब रियल म्याड्रिडले आफ्ना पूर्व मिडफिल्डर जाबी अलोन्सोलाई प्रशिक्षक नियुक्त गरेको छ। उनी तीन वर्षका लागि रियलका प्रशिक्षक बनेका हुन्।
रियल म्याड्रिडका लागि खेलाडीको रूपमा २३६ खेल खेलेका अलोन्सोले यसअघि महिनाको सुरुमा सिजनको अन्त्यमा बायर लेभरकुसेन छोड्ने घोषणा गरेका थिए।
४३ वर्षीय पूर्व स्पेनिस मिडफिल्डर जाबीले सन् २०२३-२४ मा क्लब प्रशिक्षकको रूपमा आफ्नो पहिलो पूर्ण सिजनमा लेभरकुसेनलाई बुन्डेसलिगा उपाधि जिताएका थिए।
सो सिनज क्लबले कुनै खेल हारेको थिए भने जर्मन कप पनि जितेको थियो।
३० जुन २०२८ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेका अलोन्सोले कार्लो एन्सेलोटीको स्थान लिनेछन्।
इटालियन एन्सेलोटीले शनिबार स्पेनिस क्लब रियलका लागि आफ्नो अन्तिम खेलको जिम्मेवारी लिएका थिए। अब उनी ब्राजिलको प्रशिक्षक बन्नेछन्।