टोटेनहम हटस्परले युरोपा लिग जितेको छ।
गएराति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै टोटेनहम युरोपा लिग च्याम्पियन बनेको हो।
सान मामेसमा म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गरेको हो।
४२ मिनेटमा टोटेनहमका ब्रेन्नन जोनसनले गरेको गोल खेलमा निर्णायक बनेको थियो।
टोटेनहमले १७ वर्षपछि प्रमुख ट्रफी जितेको हो।