सहिद स्मारक बी डिभिजन लिगबाट रेलिगेसनमा पर्ने दुवै टोलीको टुंगो लागेको छ।
मंगलबार टुसाल युथ क्लब रेलिगेसनमा पर्ने दोस्रो टोली भएको हो।
लिगअन्तर्गत रानीपोखरी कर्नर टोली (आरसिटी) रेलिगेसनबाट जोगिने पक्का भएसँगै टुसाल सी डिभिजन झरेको हो।
आरसिटीले मंगलबार वीरगन्ज युनाइटेडसँग १-१ गोलको बराबरी खेलेर रेलिगेसन संकट टारेको हो।
यसअघि नयाँ बस्ती युवा क्लब पनि रेलिगेसनमा परेको थियो।