लमजुङमा एउटा चोकको नाम महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी साबित्रा भण्डारी (साम्बा)बाट राखिएको छ।
नेपाल एपिएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार समेत रहेकी साम्बाको नामबाट मर्स्याङ्दी गाउँपालिका-९ स्थित खुदिबजारमा ‘साम्बा चोक’ नाम राखिएको हो। त्यहाँ साम्बाको स्तम्भ निर्माण गरी गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले सोमबार उद्घाटन गरेका छन्।
साम्बा पछिल्लो समय स्वदेशमा मात्र नभई विदेशमा समेत चिर्चित फुटबल खेलाडी बन्न पुगेकी छिन्।
हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एना भान गेङगाङ्पमा आबद्ध छिन्।
उद्घाटन कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, मर्स्याङ्दी गाउँपालिका–९ का वडाध्यक्ष हरिस चन्द्र थापा, आश्रित गुल्म लमजुङका गुल्मपति लगायत स्थानीय, जनप्रतिनिधि र संचारकर्मीहरूको समेत उपस्थिति थियो।
साथै कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडी साम्बाका बुवा आमालाई समेत सम्मान गरिएको थियो।