पाँच पटकका बालोन डि'ओर विजेता क्रिस्टियानो रोनाल्डोका जेठा छोरा क्रिस्टियानो डोस सान्तोस (रोनाल्डो जुनियर) लाई मंगलबार पहिलो पटक पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा बोलाइएको छ।
१४ वर्षीय रोनाल्डो जुनियर हाल आफ्नो बुबा रोनाल्डोसँगै साउदी अरेबियाको अल-नासरको युथ टोलीका लागि खेल्छन्।
रोनाल्डोका पूर्व क्लब म्यानचेस्टर युनाइटेड र युभेन्टसको उमेर समूहको टोलीबाट जुनियरले खेलेका थिए।
पोर्चुगलको यू-१५ टोलीले मे १३ देखि १८ सम्म क्रोएसियामा हुने भ्लाट्को मार्कोभिक युवा प्रतियोगितामा जापान, ग्रीस र इंग्ल्याण्डको सामना गर्नेछ।
स्पेनिस क्लब रियल म्याड्रिडका शीर्ष गोलकर्ता रोनाल्डो ४० वर्षको उमेरमा अझै पनि पोर्चुगलका लागि खेलिरहेका छन्।
पोर्चुगलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता रोनाल्डोका पाँच सन्तान छन्।