न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै आयोजक टोली जारी केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो खेलको एनआरटीलाई १–० गोलले पराजित गर्दै आयोजक टोली सेमिफाइनलमा प्रवेश गरेको हो।
केपी एफसीका लागि सुरज ज्यू ठकुरीले निर्णायक गोल गरे। उनले खेलको ६३औं मिनेटमा डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।
आयोजक टोलीले अब फाइनल प्रवेशका लागि मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडको विजेतासँग खेल्नेछ।
यसअघि आजै भएको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो।
फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन्।
प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल हुनेछन्। पहिलो खेल साढे ११ बजे एपिएफ र संकटा क्लब र दोस्रो खेल दिउँसो ३ बजे मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडबिच हुनेछ।