अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत लेबनानले सान्त्वना जित निकालेको छ।
आइतबार दशरथ रंशगालामा भएको खेलमा लेबनानले किर्गिस्तानलाई २-० गोलले हरायो।
लेबनानका लागि मालुफले १३ र मिया रोजले २२ मिनेटमा गोल गरे।
दुवै टोली यसअघिका दुई खेलमा लगातार पराजित भएपछि च्याम्पिनसिपको फाइनल पुग्न असफल थिए।
दुवै टोलीलाई घरेलु टोली नेपाल र म्यानमारले पराजित गरेका थिए।
अन्तिम खेलअघि नै फाइनल पुगेका नेपाल र म्यानमार आज छ बजे लिगक चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैछन्।