नेपाल सुपर लिग फ्रेन्चाइज फुटबल प्रतियोगिताको शनिबार हुने अक्सनअघि बुटवल लुम्बिनी एफसीले भुटानका पुष्पलाल शर्मालाई प्रशिक्षक नियुक्त गरेको छ।
भुटानको पारो फुटबल क्लबका टेक्निकल डाइरेक्टर रहेका शर्मालाई बुटवलले यो सिजनका लागि प्रशिक्षक बनाएको हो।
पारोले शर्मा नेपाल सुपर लिगको टोली बुटवल लुम्बिनीको प्रशिक्षक नियुक्त भएपछि बधाइ दिएको छ।
यो वर्ष पारो एफसीको प्रशिक्षक बनेर एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेलका लागि शर्मा नेपाल आएका थिए।
उनको प्रशिक्षणमा रहेको पारोले नेपालको चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेको थियो। पारोबाट जापानका होन्डाले समेत खेलेका थिए।
सुपर लिगका लागि भोलि ललितपुरको द प्लाजामा अक्सन हुँदैछ। अक्सनबाट टोलीहरूले घरेलु खेलाडी भित्र्याउने छन्।खेलाडीहरुलाई चार श्रेणीमा विभाजन गरिएको छ।
प्रत्येक टोलीको २२ देखि २३ खेलाडी टोलीमा राख्न पाउनेछन्।
• १ मार्की खेलाडी
• २-३ जना ए श्रेणीका खेलाडी (१ जना रिटेन्सन सहित)
• ६ जना बी श्रेणीका खेलाडी
• ४ जना सी श्रेणीका खेलाडी
• १ जना डी श्रेणीका खेलाडी
• १ जना नयाँ खेलाडी
• ६ जना विदेशी (एसियाका कम्तिमा १ जना खेलाडी सहित)
• १ जना एनआरएनए (राख्न/नराख्ने गर्ने निर्णय टोलीको- नेपाल बाहिर बस्ने नेपाली खेलाडीलाई अवसर दिनको लागि।)