नेपाल सुपर लिग फ्रेन्चाइज फुटबल प्रतियोगिताको शनिबार हुने अक्सनअघि काठमाडौं रेजर्स एफसीले रोहन कार्कीलाई मार्की खेलाडीको रुपमा घोषणा गरेको छ।
काठमाडौंले रोहनलाई मार्की खेलाडीको रुपमा रिटेन गरेको हो।
यसअघि काठमाडौंले कुलदिप कार्की, दिपेश गुरुङ र अभिषेक बराललाई पनि रिटेन गरेको थियो।
सुपर लिगका लागि भोलि ललितपुरको द प्लाजामा अक्सन हुँदैछ। अक्सनबाट टोलीहरूले घरेलु खेलाडी भित्र्याउने छन्। खेलाडीहरुलाई चार श्रेणीमा विभाजन गरिएको छ।
प्रत्येक टोलीको २२ देखि २३ खेलाडी टोलीमा राख्न पाउनेछन्।
• १ मार्की खेलाडी
• २-३ जना ए श्रेणीका खेलाडी (१ जना रिटेन्सन सहित)
• ६ जना बी श्रेणीका खेलाडी
• ४ जना सी श्रेणीका खेलाडी
• १ जना डी श्रेणीका खेलाडी
• १ जना नयाँ खेलाडी
• ६ जना विदेशी (एसियाका कम्तिमा १ जना खेलाडी सहित)
• १ जना एनआरएनए (राख्न/नराख्ने गर्ने निर्णय टोलीको- नेपाल बाहिर बस्ने नेपाली खेलाडीलाई अवसर दिनको लागि।)