इंग्लिस प्रिमियर लिगमा अंक तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुल र एस्टन भिल्लाले बराबरी खेलेका छन्।
भिल्लाको मैदानमा भएको खेल २-२ गोलको बराबरीमा सकियो।
खेलको २९ मिनेटमा मोहमद सलाहको गोलबाट लिभरपुलले खेलमा अग्रता लियो।
३८ मिनेटमा टाइलेमन्स र इन्जुरी समयको तेस्रो मिनेटमा वाट्किन्सले गोल गरेपछि एस्टन भिल्ला पहिलो हाफमा २-१ गोलले अघि रह्यो।
लिभरपुलका अलेक्जेन्डर अर्नोल्डले ६१ मिनेटमा टोलीका लागि दोस्रो गोल गर्दा खेल फेरि बराबरीमा आयो।
अंक तालिकामा लिभरपुल २६ खेलबाट ६१ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको आर्सनलको २५ खेलबाट ५३ अंक छ। भिल्ला ३९ अंकसहित नवौं स्थानमा छ।