अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सोमबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरू भएको छ।
प्रतियोगिताको पहिलो खेलमा म्यानमारले लेवनानमाथि ३-१ गोलको जित निकालेको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ मिनेटमा म्यानमारले अग्रता लियो। उसका लागि कप्तान विन तुनले डिबक्स बाहिरबाट गोल गरेकी थिइन्।
तीन मिनेटपछि लेवनानले बराबरी गोल गर्न सफल भयो। लेवनानका लागि लेला इकन्दरले बराबरी गोल फर्काउन सफल भए।
७२ मिनेटमा म्यानमारले खेलमा दोस्रो पटक अग्रता लियो। म्यानमारका लागि श्वे यीले दोस्रो गोल गर्न सफल भइन्।
तीन मिनेटपछि म्यानमारले तेस्रो गोल गर्यो। म्यानमारका लागि ७५ मिनेटमा सान थवले तेस्रो गोल गरेकी हुन्।
प्रतियोगितामा नेपालले आज साँझ ६ बजे किर्गिस्तानसँग खेल्नेछ।
प्रतियोगितामा म्यानमार, लेवनान, नेपाल र किर्गिस्तानसहित चार टोलीको सहभागिता छ। लिगको म्याच डे फागुन ८ मा हुनेछ। फागुन ८ मा नेपालले लेवनान र म्यानमारले किर्गिस्तानसँग खेल्नेछन्।