म्यानचेस्टर सिटीले न्यूकासलविरूद्ध सानदार जित निकालेको छ।
इंग्लिस प्रिमियर लिगअनतर्गत गएराति घरेलु मैदान इतिहाडमा सिटीले न्यूकासलविरूद्ध ४-० को जित निकालेको हो।
सिटीको जितमा ओमार मार्मुसले ह्याट्रिक गरे। फ्रान्कफर्ट बुन्डेसलिगा खेलिरहेका इजिप्टियन स्टार मार्मुसलाई सिटीले माघ पहिलो हप्तामात्रै अनुबन्ध गरेको थियो।
मार्मुसको अनुबन्धले खराब लयबाट गुज्रिरहेको सिटीलाई केही राहत हुने अनुमान गरिएको छ। त्यसको छनक उनका खेलहरूबाट पनि देखिएको छ।
इतिहाडमा सानदार जित निकाल्ने क्रममा मार्मुसले ३३ मिनेटमै ह्याट्रिक पूरा गरे। उनले १९, २४ र ३३ मिनेटमा गोल गरेका थिए।
८४ मिनेटमा जेम्स मिकाटीले निर्णायक गोल गर्दा सिटी घरेलु मैदानमा फराकिलो जित निकालेको हो।
जितसँगै सिटी ४४ अंकका साथ चौथो स्थानमा उक्लिएको छ। न्यूकासल ४१ अंकसहित सातौं स्थानमा छ।