नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी रेखा पौडेल शनिबार साँझ स्वदेश आइपुगेकी छिन्।
रेखा आगामी सोमबारदेखि सुरू हुने अन्तर्राष्ट्रिय महिला च्याम्पिनसिप खेल्नका लागि स्वेदश आएकी हुन्।
रेखा युएईएको क्लबबाट त्यहाँको लिग खेल्दै आएकी छिन्।
यसअघि ग्रिसको लिग खेलिरहेकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा पनि स्वदेश फर्किएकी छिन्।
नेपाली टोलीकी अर्की फरवार्ड सावित्रा भण्डारी सम्बा भने आगामी सोमबार मात्र स्वदेश आइपुग्नेछिन्।
प्रतियोगिताका सबै खेल फिफा अन्तर्राष्ट्रिय विन्डोजमा हुने भएकाले खेलहरूले अन्तर्राष्ट्रिय मान्यता पाउनेछन्। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहनेछ।
प्रतियोगिताका खेलहरु राउन्ड रोबिन आधारमा खेलिनेछ भने शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। खेलहरु दिनको २ र साँझको ६ बजे खेलिनेछ।
दशरथ रंगशालामा हुने प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ ५०० र भिआइपीतर्फ एक हजार तोकिएको छ। टिकट खल्ती एपबाट किन्न सकिनेछ।
प्रतियोगिताको लिग चरण र फाइनल गरी नौ दिनमा चार दिन म्याच डे हुनेछन्। नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ।
नेपाली टोली
गोलकिपर
एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डर
अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, मनमाया दमाई
मिडफिल्डर
अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, रेनुका हमाल, सुष्मा तामाङ
फरवार्ड
सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल
खेल तालिका
फागुन ५
म्यानमार भर्सेस लेवनान : दिउँस २ बजे
नेपाल भर्सेस किर्गिस्तान : साँझ ६ बजे
फागुन ८ गते
किर्गिस्तान भर्सेस म्यानमार : दिउँस २ बजे
नेपाल भर्सेस लेवनान : साँझ ६ बजे
फागुन ११ गते
किर्गिस्तान भर्सेस लेवनान : दिउँस २ बजे
नेपाल भर्सेस म्यानमार : साँझ ६ बजे
फागुन १४ गते
फाइनल : साँझ ६ बजे