नेपाल सुपर लिग (एनएसएल) क्लब पोखरा थन्डर्सले आफ्नो मुख्य प्रशिक्षकका रुपमा सुमन श्रेष्ठलाई नियुक्त गरेको छ।
क्लबले शनिबार उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । मुख्य प्रशिक्षक श्रेष्ठलाई पोखराका अध्यक्ष तथा निर्देशक जामलिङ घलेले नियुक्ति पत्र हस्तान्तरण गरे।
नियुक्ति पछि बोल्दै श्रेष्ठले पोखरासँग जोडिन पाउँदा धेरै खुसि भएको बताएका छन् । उनले अब टोलीलाई सफल बनाउन आपूmले सम्पूर्ण मेहनत खर्चिने बताए ।
‘पोखरासँग जोडिन पाउँदा धेरै खुसि छु । लिगमा क्लबलाई उपाधि दिलाउन भरपुर मेहनत गर्नेछु,’ श्रेष्ठले भने ।
सुमनसँग दुई दशकको प्रशिक्षण अनुभव छ । उनले नेपालमा सहिद स्मारक ‘ए’ डिभिजन क्लबहरुमा लामो समय प्रशिक्षण गराएका छन् ।
प्रशिक्षक श्रेष्ठलाई क्लबमा भित्राउने कार्यक्रममा क्लबका म्यानेजमेन्ट टोलीसँगै अभिनेता अनुव विक्रम शाहको पनि सहभागिता रहेको थियो ।
अनुपलाई प्रशिक्षण श्रेष्ठले क्लबको जर्सि पनि हस्तान्तरण गरेका थिए ।