सिजनको युइएफए युरोपियन च्याम्पियन्स लिगको लिग चरणका खेल सकिएका छन्।
नयाँ स्वरूपको च्याम्पियन्स लिगको लिग चरणमा ३६ टोलीले आठ-आठ खेल खेल खेलेपछि नकआउट चरणमा पुग्ने २४ टोलीको टुंगो लागेको छन्।
जसमा ८ टोली सिधै अन्तिम १६ मा पुगेका छन्। १६ टोलीले भने अन्तिम १६ का लागि प्लेअफ खेल्नेछन्। १२ टोली बाहिरिएका छन्।
अन्तिम १६ मा इंग्ल्यान्डका तीन टोलीले स्थान पक्का गरेका छन्। यस्तै इंग्ल्यान्डको थप एक टोलीले प्लेअफमा स्थान बनाएको छ। जसका कारण च्याम्पियन्स लिगको लिग चरण खेलेका इंग्ल्यान्डका चारै टोली नकआउट चरणमा पुग्न सफल भएका छन्।
शीर्ष आठमा पर्दै अन्तिम १६ मा पुगेका ८ टोलीहरू
लिभरपुल, बार्सिलोना, आर्सनल, इन्टर मिलान, एट्लेटिको म्याड्रिड, बायर लेभरकुसेन, लिल, एस्टन भिल्ला
९ देखि २४ भित्र परेर प्लेअफ खेल्न १६ टोलीहरू
एटलान्टा, बोरुसिया डर्टमन्ड, रियल म्याड्रिड, बायर्न म्युनिख, एसी मिलान, पिएसभी, पिएसजी, बेन्फिका, मोनाको, ब्रेस्ट, फेयेनुर्ड, युभेन्टस, सेल्टिक, म्यानचेस्टर सिटी, स्पोर्टिङ सीपी, क्लब ब्रुग
शीर्ष २४ मा पर्न नसकेर बाहिरिएका १२ टोली
डाइनामो जग्रेब, स्टुटगार्ट, शाख्तर डोनेट्स्क, बोलोग्ना, रेड स्टार बेलग्रेड, स्टर्म ग्राज, स्पार्टा प्राग, लाइपजिग, जिरोना, रेड बुल साल्जबर्ग, स्लोभान ब्राटिस्लाभा, योङ ब्वाइज।
यो सिजनको प्रतियोगिताले नयाँ स्वरूपमा खेलाइएको हो। जसमा ३६ टोलीहरू लिग चरणमा प्रतिस्पर्धा गरे। प्रत्येक टोलीले आठ खेल फरक प्रतिद्वन्द्वीसँग लिग चरणमा खेलेका थिए। शीर्ष २४ टोलीहरू नकआउट चरणमा प्रवेश गरेका हुन्।
शीर्ष ८ टोलीहरू सिधै अन्तिम १६ मा प्रवेश गरेका छन्। जबकि ९औं देखि २४औं स्थानमा रहेका टोलीहरूले नकआउट चरणको प्ले-अफमा प्रतिस्पर्धा गर्दैछन्।
अब युइएफएले प्लेअफको ड्र गर्नेछ। जसमा आठौं देखि १६औं स्थानको टोली वरीयतामा रहदा बाँकी आठ टोलीको वरीयता हुनेछैन।
नकआउट चरणको प्ले-अफ खेलहरू फेब्रुअरी ११/१२ र १८/१९ मा आयोजना हुनेछन्।
राउन्ड अफ १६ का खेलहरू मार्च ४/५ र ११/१२ मा हुनेछन्।
यस्तै क्वार्टरफाइनलको पहिलो लेग ८/९ अप्रिल तथा दोस्रो लेग १५/१६ अप्रिलमा हुनेछन्।
सेमिफाइनलको पहिलो लेग पहिलो लेग २९/३० अप्रिल तथा दोस्रो लेग ६/७ मेमा हुनेछ।
यो सिजनको फाइनल मे ३१, २०२५ मा जर्मनीको म्युनिखस्थित एलियान्ज एरिनामा हुनेछ।