युरोपियन च्याम्पियन्स लिगअन्तर्गत दोस्रो खेलमा इंग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र आर्सनल तथा स्पेनिस क्लब बार्सिलोनाले जित निकालेका छन्।
सिटीले स्लोभाकियाको स्लोभान ब्राटिस्लभालाई ४-० गोलले हरायो। उसका लागि गुन्डोओनले आठौं, फोडेनले १५औं, हाल्यान्डले ५८औ र म्याकटीले ७४औं मिनेटमा गोल गरे।
आर्सनलले फ्रेन्च क्लब पिएसजीमाथि २-० को जित निकाल्यो। आर्सनलका लागि हाभार्ट्जले २० र साकाले ३५ मिनेटमा गरे।
बार्सिलोनाले योङ ब्वाइजलाई ५-० गोलले हरायो। उसका लागि लेवान्डोवस्कीले दुई गोल गर्दा राफिन्हा र मार्टिनेजले एक एक गोल गरे। एक गोल आत्मघाती भयो।
अन्य खेलमा बायर लेभरकुजेनले एसी मिलानलाई १-० गोलले हरायो। बोरुसिया डर्टमन्डले सेल्टिकमाथि ७-१ गोलको जित निकाल्यो।