इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीलाई न्युकासल युनाइटेडले बराबरीमा रोकेको छ।
शनिबार भएको खेलमा सिटीलाई न्युकासलले एक एक गोलको बराबरीमा रोकेको हो।
खेलमा सिटीले ३५ मिनेटमा योस्को भार्डीओलको गोलबाट अग्रता लियो।
तर न्युकासलका गोर्डोनले ५८ मिनेटमा पेनाल्टीबाट बराबरी गोल फर्काए। सिटीका गोलकिपर इडर्सनले गोर्डोनलाई फल गरेपछि पेनाल्टी दिइएको थियो।
यता आर्सनलले लेस्टर सिटीलाई ४-२ गोलले हराएको छ। आर्सनलका लागि मार्टिनेलीले २०, ट्रोसार्डले ४५+१ र हाभार्ट्जले ९०+९ मिनेटमा गोल गरे। लेस्टरका एडिडीले ९४+४ मिनेटमा आत्मघाती गोल गरेका थिए।
आर्सनलका लागि दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल जितको आधार बन्यो। किनभने त्यसअघि लेस्टरका जस्टिनले ४७ र ६३ मिनेटमा दुई गोल गर्दै बराबरी गरेका थिए।
यता चेल्सीले ब्राइटनलाई ४-२ गोलले हराउँदा एभर्टनले क्रिस्टल प्यालेसमाथि २-१ गोलको जित हात पारेको छ।
अंक तालिकामा ६ खेलबाट १४ अंक जोड्दै म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ। दोस्रो स्थानको आर्सनलको पनि १४ अंक नै भएको छ। १३ अंक जोड्दै चेल्सी तेस्रो स्थानमा छ। एक खेल कम खेलेको लिभरपुल १२ अंकसहित चौथो स्थानमा छ। आज वुल्भ्सलाई हराए लिभरपुल शीर्ष स्थानमा पुग्नेछ।