इंग्लिस फुटबल लिग (इएफएल) कपमा आर्सनल र लिभरपुल चौथो चरणमा पुगेका छन्।
बुधबार आ-आफ्नो खेलमा जित निकाल्दै आर्सनल र लिभरपुल चौथो चरणमा पुगेका हुन्।
लिभरपुलले वेस्ट ह्यामलाई ५-१ गोलले पराजित गर्यो।
लिभरपुलका लागि डिएगो जोटाले २५ र ४९ मिनेटमा गरी दुई गोल गरे।
मोहमद सलाहले ७४ मिनेटमा तेस्रो गोल गर्दा गाप्कोले ९० र ९०+३ मिनेटमा गरी दुई गोल गर्न सफल भए।
यता आर्सनले बोल्टनलाई ५-१ गोलले नै हरायो।
उका लागि एनवाननेरीले ३७ र ४९ मिनेटमा गरी दुई गोल गरे। राइसले १६ मिनेटमा पहिलो गोल गर्दा स्टर्लिङले ६४ र हाभार्ट्जले ७७ मिनेटमा एक एक गोल गरे।