सम्झना लावती चम्किएपछि नेपाल पुलिस क्लवले जारी एन्फा महिला फुटबल लिगमा बुधवार आफ्नो अपराजित यात्रा कायमै राखेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार कर्णाली प्रदेशमाथि ३–० को जित निकाल्दै पुलिसले जारी लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको हो।
आठौं खेलमा पाँच जित र तीन बराबरीको नतिजा सामना गर्दै पुलिस अपराजित छ । बुधवार पुलिसको जितमा सम्झना लावती चम्किइन् । उनी प्लेयर अफ दी म्याचसमेत घोषित भइन् । यो जितपछि पुलिस आठ खेलबाट १८ अंक जोड्दै तेस्रो स्थानमा यथावत छ । पुलिस शिर्ष स्थानको एपिएफसँग चार अंकले र दोस्रो स्थानको त्रिभुवन आर्मीसँग एक अंकले मात्र पछाडि छ ।
यी तीनैले अब लिगमा समान एक खेल खेल्न बाँकी छ । अन्तिम चरणमा एपिएफले वागमती, आर्मीले कर्णाली र पुलिसले संकटासँग खेल्नेछन् । यी नतिजाले मात्र शिर्ष तीन स्थानको टोलीको टुङ्गो लाग्नेछ । तीन विभागीय टोली नै शिर्ष तीन स्थानमा रहेर सुपर लिगमा पुग्ने पक्का भइसकेको छ । यता बुधवार पुलिससँग पराजित भएपछि कर्णाली जारी लिगमा पुछारमा दोस्रो स्थानमै सीमित हुने पक्का भइसकेको छ । समान ८ खेलबाट चार अंकका साथ पुलिस नवौं स्थानमा छ । जुन आठौं स्थानको चन्द्रपुर नगरपालिकाभन्दा चार अंकले पछि हो ।
पुलिसको पाँचौं जितमा निर्मला उपाध्याय, मनीषा राउत र सम्झना लावतीले गोल गरिन् । कर्णालीले लामो समयसम्म पुलिसलाई रोकेको थियो । तर पहिलो हाफ सकिन लाग्दा गोल सामना ग¥यो । खेलको ४४ औं मिनेटमा निर्मलाको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । कप्तान घिमकुमारीको कर्नर प्रहार बललार्ई समीक्षा घिमिरले दिएको हेडर पासमा निर्मलाले वान टच गोल गरेकी हुन् । त्यो गोलसँगै पहिलो हाफमा पुलिस १–० ले अगाडि रह्यो । दोस्रो हाफ पनि पुलिसले दुई गोल थप्यो । ५५ औं मिनेटमा मनीषाले पुलिसको अग्रता दोब्बर पार्दै कर्णालीमाथि दबाब बनाइन् ।
कर्णालीले कप्तान तथा गोलकिपर लिला जोशीको गल्तीमा दोस्रो गोल बेहोरेको हो । करिव २२ यार्ड टाढाबाट पुलिसकी कप्तान घिमकुमारीले प्रहार गरेको फ्रिकिक बललाई गोलकिपर लिलाले समाते पनि हातबाट फुत्काइन् । सोही बललाई मनिषाले गोल गरेकी हुन् । निर्धारित समय सकिन ८ मिनेट बाँकी छँदा पुलिसले तेस्रो गोल गर्दैै सहज जित पक्का ग¥यो । यसपल्ट पनि पुलिसले फ्रि प्रहारबाट गोल गरेको हो । मनिषा राउतले करिब २४ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार बारमाथि लागेर फर्कियो । लगत्तै सोही बललाई वान टचमार्पmत सम्झनाले गोल गोल गरेकी हुन् । —न्युज एजेन्सी नेपाल