एन्फा महिला लिगमा त्रिभुवन आर्मी क्लबले सानदार जित निकालेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा आर्मीले वालिङ नगरपालिका स्याङ्जालाई ८-० गोलले हरायो।
आर्मीको जितमा चन्द्रा भण्डारीले ह्याट्रिक गरिन्। उनले खेलको ४३, ५४ र ७४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्।
यस्तै विमला विक र अमिसा कार्कीले दुई दुई गोल गरे।
विमलाले ३८ र ९० मिनेटमा गरी दुई गोल गरेकी हुन्। अमिसाले ६२ र ७१ मिनेटमा गोल गर्न सफल भइन्।
वालिङकी फतुमा नाकासुम्बाले ४५ मिनेटमा आत्मघाती गोल गरेकी थिइन्।
लिगमा आर्मी १९ अंक जोड्दै दोस्रो स्थानमा छ। उसले आठ खेलमा छ जित, एक बराबरी र एक हार ब्यहोरेको छ। आर्मी शीर्ष स्थानको एपिएफभन्दा तीन अंकले पछि छ।
चौथो स्थानको वालिङको १२ अंक छ। उसले चार खेलमा जित निकाल्दा चार खेलमा हार ब्यहोरेको छ।