उरूग्वेले कोपा अमेरिका २०२४ मा तेस्रो स्थान हात पारेको छ। आइतबार विहान अमेरिकाको नर्थ क्यारोलिनमा भएको खेलमा उरूग्वेले क्यानडालाई पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गर्दै तेस्रो स्थान हात पारेको हो।
क्यानडाका इस्मल कोन र अल्फन्डो डेभिसले पेनाल्टी सुटआउटमा गोल गर्न असफल भएका थिए।
त्यसअघि निर्धारित समय र एक्स्ट्रा समयको खेल २-२ गोलको बराबरीमा सकियो।
खेलको आठौं मिनेटमा रोद्रिगो बेन्टाकुलरको गोलबाट उरूग्वेले अग्रता लियो। क्यानडाका कोनले २२ मिनेटमा बराबरी गोल फर्काए। ८० मिनेटमा जोनाथन डेभिडले गोल गरेपछि क्यानडाले खेलमा अग्रता लियो।
तर दोस्रो हाफको इन्जुरी समयमा उरुग्वेका लागि लुइस सुआरेजले बराबरी गोल गर्न सफल भए।
सेमिफाइनलमा उरुग्वेलाई कोलम्बियाले र क्यानडालाई अर्जेन्टिनाले पराजित गरेका थिए।
उपाधिका लागि भोलि विहान अर्जेन्टिना र कोलम्बियाबीच खेल हुनेछ।