स्पेन युरोकपको सेमिफाइनलमा पुगेको छ।
गएराति जर्मनीलाई उसकै घरमा पराजित गर्दै स्पेनले सेमिफाइनलमा स्थान बनाएको हो।
एमएचपी एरेनामा भएको खेलमा स्पेनले जर्मनीलाई २-१ गोलले पराजित गर्यो।
खेलका तीन वटै गोल दोस्रो हाफमा भएको हो।
ड्यानी ओल्मोले ५१ औं मिनेटमा गोल गरी स्पेनलाई अग्रता दिलाएका थिए।
फ्लोरियन रिजले ८९ औं मिनेटमा गोल फर्काएपछि खेल बराबरीमा हुँदै अतिरिक्त समयमा धकेलिएको थियो।
थप गरिएको ३० मिनेटको अन्तिम समयमा मिकेल मेरिनोले उत्कृष्ट गोल गरेपछि खेल स्पेनको पक्षमा पुगेको थियो।
३ मिनेटको अतिरिक्त समय थप गरिएकोमा इन्ज्युरी समयमा स्पेनका कार्भहल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
त्यसपछि जर्मनीबाट जवाफी गोल नहुँदा स्पेन २-१ गोलले विजयी हुँदै सेमिफाइनलमा पुगेको हो।
गएराति नै भएको दोस्रो सेमिफाइनलमा पोर्चुगल फ्रान्ससँग टाइब्रेकरमा पराजित भएको छ।
अब स्पेन र फ्रान्सबीच सेमिफाइनल खेल हुनेछ।
क्वाटरफाइनलको बाँकी दुई खेल आज राति हुनेछ।
इंग्ल्याण्डले स्वीट्जरल्याण्ड र नेदरल्याण्ड्सले टर्किएसँग खेल्नेछ।
विजयी हुने दुई टिम सेमिफाइनलमा भिड्नेछन्।