सहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले अंक बाँडेका छन्।
सोमबार दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
यसअघि पहिलो खेलमा बिबिसीले जित निकालेको थियो।
पहिलो खेलमा एपिएफलाई ३-२ ले हराएको बिबिसीको ४ अंक भएको छ। एनआरटीले भने अंकको खाता खोल्न सफल भयो।
पहिलो खेलमा एनआरटीलाई साविक विजेता मछिन्द्र फुटबल क्लबले २-१ ले हराएको थियो।