मंसिर ३ गतेदेखि दशरथ रंगशालामा सुरु हुने सहिद स्मारक ए डिभिजन लिग खेल्ने क्लब हिमालयन शेर्पाको मुख्य प्रायोजक नेपाल आइस हुने भएको छ।
योसँगै अबदेखि क्लबको नाम नेपा आइस हिमालयन शेर्पा हुनेछ।
शेर्पाका कार्यवहाक अध्यक्ष गोम्ज दोर्जे शेर्पा र सिजीका विजनेस प्रमुख प्रदीप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरे। एक वर्षको सम्झौता रकम भने खुलाइएको छैन।
लिगमा शेर्पाको पहिलो खेल आगामी शनिबार छ। शेर्पाले पहिलो खेलमा संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ।