इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सानदार जित हात पारेको छ।
सिटीले शनिबार राति भएको खेलमा नर्विच सिटीलाई ५-० गोलले पराजित गरेको हो।
खेलको सातौं मिनेटमा क्रुलले आत्मघाती गोल गरेपछि सिटीले अग्रता लियो।
२२ मिनेटमा ग्रेलिसले सिटीको अग्रता दोब्बर पारे।
६४ मिनेटमा लापोर्टे, स्टर्लिङले ७१ मिनेट र महारेजले ८४ मिनेटमा गोल गर्दा सिटीले सानदार जित हात पार्यो।
अर्को खेलमा लिभरपुलले वर्नलीलाई २-० गोलले पराजित गर्यो।
लिभरपुलको जितमा जोटा र मानेले गोल गरे।