फुल ब्याक निराजन महर्जनले यो सिजन पनि थ्रीस्टारबाट खेल्ने भएका छन्।
उनी र थ्रीस्टारबीच यो सिजनका लागि सम्झौता नवीकरण भएको छ।
नेपालको उमेर समूहका टिमबाट खेलिसकेका उनी सन् २०१८ मा थ्रीस्टारको यु-१८ टिमका कप्तान थिए।
सिजनका लागि थ्रीस्टारले खेलाडीसँग सम्झौता गर्ने क्रम जारी राखेको छ। यसअघि उसले मिडफिल्डर सन्जोक राईसँग पनि सम्झौता नवीकरण गरेको थियो।
त्यसअघि मनज्ञ नकर्मी, राफायल बिडियास, आयुष घलान, अनन्त तामाङ, निशान खड्कासँग पनि सम्झौता भएको थियो।
यो सिजन पनि थ्रीस्टारको कप्तानी विक्रम लामाले गर्नेछन्। लगातार १२ वर्ष थ्रीस्टारमा खेल्ने क्रममा उनीले गत साता सम्झौता गरेका थिए।