राष्ट्रिय महिला टिमको दोस्रो चरणमा २८ खेलाडी छनोट भएका छन्।
महिला टिमका प्रमुख प्रशिक्षक ग्यारी फिलिप्सले प्रशिक्षणमा रहेका ४५ खेलाडीमध्ये दोस्रो चरणमा २८ खेलाडी छनोट गरेका हुन्।
राष्ट्रिय टिममा रहेका ११ खेलाडी टिमबाट बाहिरिए। यस्तै नेपाल पुलिस क्लबका पाँच खेलाडीले अन्तरिक परीक्षाका कारण प्रशिक्षणमा सहभागीता जनाएका थिएनन्। एक खेलाडीलाई भने कोरोना संक्रमण भएको छ।
नेपाली टिम २०२२ एएफसी एसियन कप छनोटको तयारी गरिरहेको छ। नेपाली टिम समूह 'एफ' मा छ। यो समूहमा नेपालसँगै फिलिपिन्स र हङकङ छन्। समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ।
छनोट प्रतियोगिता नेपालमा हुने भनिए पनि अहिलेसम्म पक्का भइसकेको छैन।
नेपाली टिम
अन्जना राना मगर (गोलकिपर), एन्जिला तुम्बापो सुब्बा (गोलकिपर), उषा नाथ (गोलकिपर), अमिसा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाइबा, विमला विक, विमला चौधरी, दीपा राई, गीता राना, हेमा चौधरी, हिराकुमारी भूजेल, इन्दिरा राई, मनिषा राउत, मन्जली तामाङ योन्जन, निशा थोकर, प्रिति राई, पुजा राना, पुनम जर्घा मगर, रजनी थोकर, रश्मीकुमारी घिसिङ, रेनुका नगरकोटी, सविता राना, सरु लिम्बू, सर्मिला थापा, सिर्जना सिंह