नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङले भारतको 'फ्यान्स प्लेयर अफ दि सिजन' को अवार्ड जितेका छन् ।
भारतमा शीर्ष डिभिजन लिग ‘हिरो आईलिग’ले बिहीबार चेम्जोङलाई 'फ्यान्स प्लेयर अफ दि सिजन' को अवार्ड दिने भएको हो।
किरणले पन्जाब एफसीबाट आईलिग खेलेका थिए। उनले १४ खेलमा ७ क्लिन सिट हात पारेका थिए । यस्तै किरणले विपक्षीको ५६ सट रोकेका थिए ।
किरण आईलिगको उत्कृष्ट गोलकिपर समेत चुनिएका थिए । किरणले यसअघि आई लिगमा गोलकिपर अफ दि सिजन र फ्यान अवार्ड अन्तर्गत पनि गोलकिपर अफ दि सिजन अवार्ड जितेका थिए।