१३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा माल्दिभ्समा हुने भएको छ। साफको कार्यकारी समितिले आगामी अक्टोबर १ देखि १३ सम्म प्रतियोगितामा माल्दिभ्समा आयोजना गर्ने निर्णय गरेको छ।
साफ आयोजना गर्न नेपालले पनि प्रस्ताव पेश गरेको थियो। दुवै देशको प्रस्ताव अध्ययनपछि साफले माल्दिभ्सलाई आयोजक छानेको हो।
पछिल्लो पटक सन् २००८ मा माल्दिभ्समा साफ आयोजना भएको थियो। त्यतिबेला श्रीलंका र माल्दिभ्सले संयुक्त प्रतियोगिता आयोजना गरेका थिए। जसको उपाधि माल्दिभ्सले जितेको थियो।
यो संस्करणको साफमा नेपाल, भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्स गरी पाँच देशले भाग पक्का भइसकेको छ। भुटानले भाग लिने विषयमा निर्णय गरिसकेको छैन। पाकिस्तान फिफाको प्रतिबन्धका कारण साफमा सहभागी हुन पाउनेछैन।
साफका लागि नेपाली टिमले पोखरामा अभ्यास गर्दैछ।
साफमा भारत सर्वाधिक सफल टिम हो। उसले सात पटक उपाधि जितेको छ। नेपाल भने अहिलेसम्म फाइनलमा पनि पुग्न सकेको छैन।