इंग्लिस क्लब टोटेनहमले नुनो एस्पिरिटो सान्टोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। टोटेनहमले पोर्चुगिज प्रशिक्षक सान्टोसँग २ वर्षको सम्झौता गरेको छ।
गत अप्रिलमा जोसे माउरिन्होलाई बर्खास्त गरेपछि टोटेनहमले नयाँ प्रशिक्षक खोज्दै आएको थियो।
जसमा वुल्भसका पूर्व प्रशिक्षक सान्टो पहिलो रोजाइमा परेका हुन्। चार वर्ष वुल्भ्सको प्रशिक्षक बनेपछि सान्टोले गत सिजनाट वुल्भ्स छाडेका थिए।
यता एभर्टनरले राफायल बेनिटेजलाई प्रशिक्षकको रुपमा भित्र्याएको छ।
यसअघि कार्लो एन्सेलोटीले क्लब छाडेपछि एभर्टनको प्रशिक्षक पद खाली थियो। एन्सेलोटी रियल म्याड्रिडको प्रशिक्षक बनेका थिए।
पछिल्लो पटक चिनिया क्लबको प्रशिक्षक रहेका बेनिटेज केही समयदेखि खाली थियो।
बेनिटेजले यसअघि इंग्लिस क्लब न्युकालससँगै लिभरपुल र चेल्सीको प्रशिक्षक भएर काम गरेका थिए।
यस्तै उन इटालीयन क्लब इन्टर मिलान र स्पेनिस क्लब रियल म्याड्रिडको पनि प्रशिक्षक बनेका थिए।