इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र एभर्टनले बराबरी खेलेका छन्। शनिबार राति भएको खेल ३-३ गोलको बराबरीमा सकिएको हो।
युनाइटेडले पहिलो हाफमा २-० को अग्रता लिएर पनि जोगाउन सकेन।
खेलको २४ मिनेटमा काभानीको गोलबाट युनाइटेडले अग्रता लियो। ४५ मिनेटमा ब्रुनो फर्नान्डेजले युनाइटेडको अग्रता दोब्बर पारे।
एभर्टनका लागि डोउकोउरेले ४९ मिनेटमा गोल फर्काए। ५२ मिनेटमा रोद्रिगेजले अर्को गोल गर्दा खेल २-२ को बराबरीमा आयो।
७० मिनेटमा युनाइटेडका लगि म्याकटोमिनेले तेस्रो गोल गरे। तर इन्जुरी टाइमको पाँचौ मिनेटमा कल्भर्ट लेविनले बराबरी गोल फर्काए।
यता आर्सनल भने पराजित भएको छ। आर्सनललाई एस्टन भिल्लाले १-० गोलले हरायो।