त्रिुभवन आर्मी क्लबले महिला राष्ट्रिय लिगमा अर्को सानदार जित हात पारेको छ।
बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले चौदण्डीगढी नगरपालिका उदयपुरलाई १२-० गोलले पराजित गरेको हो।
आर्मीको जितमा शर्मिला थापाले पाँच गोल गरिन्। उनले विराटनगर महानगरपालिकाविरुद्धको अघिल्लो खेलमा ह्याट्रिक गरेकी थिइन्।
आर्मीका लागि सपना लामाले २ गोल गर्दा हेमा चौधरी, अन्जली वाइबा, विमला चौधरी, विमला विक र रश्मि घिसिङले १-१ गोल थपे।
जितसँगै आर्मीले शीर्ष स्थानको नेपाल एपिएफसँगको दूरी घटाएको छ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको आर्मीको ६ खेलबाट १३ अंक भएको छ।
शीर्ष स्थानको एपिएफको आर्मीको भन्दा ५ अंक बढी १८ अंक छ।
अंक तालिकाको पुछारमा रहेको चौदण्डीगढीले ६ वटै खेलमा हार बेहोरेको छ। उसले ६ खेलमा ६३ गोल खाएको छ भने १ गोल मात्र गर्न सकेको छ।