'इटालियन सिरि ए' को साविक विजेता युभेन्ट्स अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
शनिबार राति भएको खेलमा साम्पडोरियालाई २-० गोलले पराजित गर्दै युभेन्ट्स तेस्रो स्थानमा उक्लिएको हो।
युभेन्ट्सको जितमा चिएसाले खेलको २० मिनेटमा पहिलो गोल गरे। उनले मोराटाको पासमा गोल गरेका थिए।
दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा युभेन्ट्सले दोस्रो गोल गर्यो।
आरोन राम्सेले युभेन्ट्सका लागि दोस्रो गोल गरेका थिए।
यता शीर्ष स्थानको एसी मिलानले बोलोग्नालाई २-१ गोलले पराजित गरेको छ।
दोस्रो स्थानको इन्टर मिलानले बेनेभेन्टोमाथि ४-० को जित हात पारेको छ।
लिगको अंक तालिकामा एसी मिलान २० खेलबाट ४६ अंक जोडेर शीर्ष स्थानमा छ।
दोस्रो स्थानको इन्टर मिलानको ४४ अंक छ।
एक खेल कम खेलेको युभेन्ट्स ३९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ।