इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चार अंकको अग्रता लिएको छ।
शनिबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई १-० गोलले पराजित गर्दै शीर्ष स्थानमा चार अंकको अग्रता लिएको हो।
सिटीको जितमा खेलको नवौं मिनेटमा गाब्रियल जेससले गोल गरे।
यता म्यानचेस्टर युनाइटेड र आर्सनलले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन्।
दोस्रो स्थानको युनाइटेड बराबरीमा रोकिएपछि शीर्ष स्थानको सिटीलाई फाइदा पुगेको छ।
लिगको अन्य खेलमा न्युकासलले एभर्टनलाई २-०, क्रिस्टल प्यालेसले वुल्भ्सलाई १-० र एस्टन भिल्लाले साउथह्याम्टनलाई १-० गोलले पराजित गरेका छन्।
अंक तालिकाको शीर्ष स्थानमा रहेको सिटीको २० खेलबाट ४४ अंक छ। दोस्रो स्थानको २१ खेलबाट ४१ अंक भएको छ।