हालै दमक गोल्डकपको विजेता नेपाल पुलिस क्लबलाई हराउँदै सुनसरी एघार उदयपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
उदयपुरको सदरमुकामग गाईघाटस्थित थरूहट रंगशालामा मंगलबार भएको क्वार्टरफाइनलमा सुनसरीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ट्राइब्रेकरमा ३-२ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो।
निर्धारित समय ३-३ को बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको समयमा समेत दुबैले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।
एक दमै फितलो पेनाल्टी प्रहार गरेको नेपाल पुलिस क्लब निर्धारित समयमा उत्कृष्ट कमब्याक गरे पनि पहिलो खेलबाट फर्कनुपर्यो।
खेलको सातौ मिनेटमा राम वाइजुले गोल गर्दै खेलमा अग्रता लिए पनि २३औं मिनेटमा सुजन राईले सुनसरीका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
खेलको ४३औं मिनेटमा तिर्थ बस्नेतले गोल गरेपछि पहिलो हाफमा सुनसरी २-१ले अगाडि रह्यो।
दोस्रो हाफमा आक्रमक देखिएको सुनसरीले ६५औं मिनेटमा रोमन लिम्बुको गोलबाट अग्रता दोब्बर पार्यो।
त्यसपछि उत्कृष्ट पुनरागमन गरेको पुलिसका लागि खेलको ८० औं मिनेटमा अभिशेक रिजालले गोल गर्दै खेलमा फर्काए। त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा कप्तान बिक्रम धिमालले सनदार गोल गर्दै खेललाई ३-३को बराबरीमा ल्याए। त्यसपछि गोल भएन र खेल बराबरीमा सकियो।
थपिएको १५ मिनेटमा पनि दुबै तर्फबाट गोल नभएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो।
ट्राइब्रेकरमा पुलिसमा सुमन लामा, बिक्रम धिमाल र दिनेश राजबंशीको प्रहार सुनसरीका गोल रक्षक विनय श्रेष्ठले रोकेपछि खेल सुनसरीले ३-२ले जित्यो।
भोलिको खेल थ्रि स्टार क्लब र झापा एघारबीच पहिलो सेमिफाइनल हुने आयोजकले जनाएको छ।