नेपाल पुलिस क्लव झापाको दमकमा जारी दमक गोल्डकपको फाईनलमा प्रवेश गरेको छ।
विभागीय डर्बीमा मंगलबार पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० गोलले हरउँदै पुलिस उपाधि नजिक पुगेको हो।
पुलिसका लागि खेलको ३८ औं मिनेटमा निरकुमार राईले गरेको गोल नै निर्णायक बन्यो।
दमक बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा निर कुमार राईले खेलको ३७ औं मिनेटमा दिलाएको गोललाई पुलिसले अन्तिम समयसम्म जोगाएको थियो।
गोल्डकपको अन्तिम सेमिफाइनलमा बुधबार त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुने आयोजक समितिले जनाएको छ।
दमक नगरपालिकाले आयोजना गरेको सो प्रतियोगिता बैशाख २८ गतेसम्म चल्ने छ।