पोखराको साहरा क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
बिर्तामोडको डोमाडोल राजबंशी रंगशालामा जारी गोल्डकपको दोस्रो क्वार्टरफाइनलमा पोखरेली क्लब साहरालाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै मनाङ अन्तिम चारमा प्रवेश गरेको हो।
निर्धारित ९० मिनेटको खेलमा दुबै तर्फबाट गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो। पेनाल्टीमा पोखराका दुई प्रहार बाहिरिएपछि मनाङले बाजी मारेको हो। गोल्डकप विजेताले नगद १२ लाख ५१ हजार र उपविजेताले ६ लाखसहित ट्रफी पाउनेछ।