थ्री स्टार क्लबका कप्तान बिक्रम लामाको आइतबार बिहान १ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया गरिएको छ ।
दाहिने गोडामा चोट लागेका लामाको बरिष्ठ अर्पेथोडिक सर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको टिमले सफल शल्यक्रिया गरेको हो ।
लामाको आइतबारदेखिनै फिजियोथेरापि शुरु गरिने र उनी उपचारको ६ देखि ८ महिनामा खेल मैदानमा फर्कने डा.चक्रराज पाण्डेले बताए।
धरानमा जारी बुढासुबा गोल्डकपको फाइनल खेलका क्रममा नेपाल पुलिस विरुद्धको खेलमा घाइते भएपछि लामालाई तत्काल काठमाडौंस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ल्याइएको थियो।
शनिबार भएको फाइनलमा पुलिसलाई हराउँदै थ्रीस्टारले सिजनको दोस्रो उपाधि हात पारेको थियो। मिडफिल्डर विक्रम नेपालको राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य समेत हुन्।