सुदूरपश्चिम ११ लाई हराउँदै उत्तर बरिन्धरा क्लब बंगलादेश आहा रारा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वार्टरफाइनलमा सुदूर पश्चिम ११ स्पोर्टिङ क्लबलाई २-१ गोल अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो।
१८ औं मिनेटमा रेफ्री श्रवन लामा घाइते भएपछि उनको स्थानमा खेल सम्हालेका रेफ्री सुदिसले दुई बंगाली खेलाडीलाई एक पछि अर्को गर्दै रातो कार्ड देखाएपछि खेल तनाब ग्रस्त भएको थियो। खेल अवधि भर उनले बरिन्धारालाई ६ पहेलो र २ रातो कार्ड दिएका थिए भने सुदूरको टोलीलाई २ वटा पहेलो कार्ड देखाए।
सुदूरपश्चिमले २१ औं मिनेटमा कर्नरमार्फत गोल गर्ने राम्रो अवसर गुमायो। कमल थापाले प्रहार गरेको कर्नरमा सुदूरका कप्तान चेतन थारुले फ्लिक गर्दै मिलाएको बलमा राकेश हमालको हेड नजिकबाट बाहिरियो।
बरिन्धाराले खेलको ३५ औं मिनेटमा अर्को गोल गर्ने अवसर खेर फाल्यो। रुसलले करिब २० यार्डबाट पाएको फ्री किक वालमा सोझै लागेपछि पाएको रिबाउन्ड अन्मार्क रहेका जिन्तु मोहोम्मदले सोझै किपरको हातमा प्रहार गरे। यसपछि पहिलो हाफ गोलरहित बराबरीमा सकियो।
बरिन्धाराले ७४ औं मिनेटमा मिडो मासाको गोलमा अग्रता लियो। ७८ औं मिनेटमा सुदूरका धिरज गुरूङले पेनाल्टीमा गोल गर्न नसकेपछि सुदूरले बराबरी गर्ने मौका गुमायो।
जिन्तुले आफ्नै बक्समा ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई धिरजले सोजे बंगलादेशी किपरको हातमा प्रहार गरे।
बरिन्धाराका लागि स्याला सोन्लेमानेले ८३ औं मिनेटमा अग्रता दोब्बर गरे। ८८ औं मिनेटमा सुदूरका विनोद केसीले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए।
खेलको अन्तिम समयमा आक्रोशित बरिन्धाराका खेलाडी विरुद्ध रेफ्री सुदीस पान्डेले कारबाही गरेपछि खेल केहीबेर प्रवाभित भयो।
९ खेलाडीमा सिमित बरिन्धारालाई अतिरिक्त समयको केही बेर सुदूरले दबाबमा राखे पनि गोल गर्न नसकेपछी खेल बरिन्धाराले आफ्नो पक्षमा पार्यो।
भोलि को दोस्रो क्वाटर फाइनल खेलमा नेपाल आर्मीले घरान फुटबल क्लबको सामना गर्ने छ ।
बंगाली टोलीले एपिएफ र थ्रीस्टरको बिजेटासँग माघ १५ गते फाइनल प्रवेशका लागि खेल्नेछ। आईतबारको खेल त्रिभुवन आर्मी क्लब र धरान फुटबल क्लब बिच खेल हुनेछ।