पाँचथरको फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकपको उपाधिका लागि आइतबार मोरङ ११ र सुनसरी ११ बीच खेल हुँदैछ।
फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा दिउँसो हुने फाइनलमा दुई छिमेकी आमने सामने हुने भएका हुन्।
मोरङ ११ शुक्रबार भएको अन्तिम सेमिफाइनलमा प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन विर्ता यनुाइटेड झापालाई हराउँदै उपाधि नजिक आएको हो भने सुनसरी ११ ले विहीबार रूपन्देही ११ लाई हराएको थियो।
प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले २ लाख रुपैँया प्राप्त गर्नेछन्। फाइनल खेल निक्कै प्रतिस्पर्धात्मक हुने ठानिएको छ। फाइनल खेल भएका कारण दुवै टोलीबाट राष्ट्रिय रूपमा चर्चित खेलाडीहरु मैदान उत्रने सम्भावना छ।
प्रतियोगिताको समापनमा विधागत रूपमा खेलाडी र प्रशिक्षकलाई समेत पुरस्कृत गरिने आयोजक फिदिम स्पोर्टिङ क्लवले जनाएको छ।