नेपाली सेनाको त्रिभवन आर्मी क्लब झापाको झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपको सेमिफाइनमा प्रवेश गरेको छ।
शनिबार सम्पन्न विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपिएफलाई तीन दुईले पाखा लगाउँदै आर्मी प्रतियोगिताको अन्तिम चार प्रबेश गरेको हो।
आर्मीको जितमा जर्ज प्रिन्स कार्की, सुमन अर्याल र दिप लामाले गोल गरेका थिए।
सतासीधाम स्पोर्टिङ्ग क्लबले आयोजना गरेको खेलको २५औं मिनटमा पेनाल्टीमार्फत अन्जन बिष्टको गोलबाट एपिएफले अग्रता लिएको थियो। आर्मीका विमल पाण्डेले डिबक्स भित्र फल गरेपछि पाएको पेनाल्टीलाई विष्टले गोल गरेका थिए। त्यसपछि केही दबाबमा देखिएको आर्मीले ३२ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको गोलबाट बराबरी गरेको थियो। कार्कीले प्रहार गरेको फ्रिकिक सिधैं गोलमा परिणत भएको थियो।
तर ३९ औं मिनेटमा श्याम नेपालीले शान्दार गोल गर्दै एपिएफको अग्रता दोब्बर पारे। पहिलो हाफ २-१ ले पछि परेको आर्मी दोस्रो हाफमा केही आक्रमक देखियो। खेलको ५५ औं मिनेटमा सुमन अर्यालले गोल गरेपछि फेरि आर्मीले खेल बराबरीमा ल्यायो। त्यसपछि थप आक्रमक भएको आर्मीले ६८ औं मिनेटमा दिप लामाको गोलबाट खेलमा अग्रता लियो।
जर्ज पिन्स कार्कीको डिबक्स भित्रको क्रस पासमा कुनै गल्ति नगरी लामाले गोल गरेका थिए।
दोस्रो हाफमा फितलो प्रदर्शन गरेको एपिएफमाथि आर्मीले दर्जनौ आक्रमण गरेपनि एपिएफका गोल रक्षकले बिफल तुल्याएका थिए।
आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका आर्मीका जर्ज प्रिन्स कार्की म्याच अफ दि म्याच भए । उनले नगद दश हजार प्राप्त गरे।
आर्मीले अब अन्तिम दुई प्रवेशका लागि सोमबार घरेलु टिम झापा एघारसँग प्रतिस्पर्धा गर्नेछ।
भोलि अन्तिम चार प्रवेशका लागि रुपन्देही एघार र मनाङ मर्स्याङ्दी आमने सामने हुनेछन्।