मोरङलाई हराउँदै रूपन्देही–११ दोस्रोसताक्षी गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। झापाको झिलझिलेमा जारी प्रतियोगिताको चौथो दिन मोरङ–११ लाई ३–१ हराउँदै रूपन्देही ११ अन्तिम अाठमा पुगेको हो।
रूपन्देहीको जितमा विदेशी खेलाडी अवाले, अमर डंगोल र विजय धिमालले गोल गरे। मोरङका लागि सुनिल खड्काले गोल गरे। पहिलो हाफ १-०ले अग्रता लिएको मोरङ दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा घर फर्किनुपर्यो।
खेलको १५औं मिनेटमा डि–एरियाबाट सन्तोष न्यौपानेले मिलाएको क्रस पासमा सुनिल खड्काले गोल गर्दै पहिलो हाफ मोरङलाई १–० को अग्रता दिलाएका थिए।
दोस्रो हाफमा आक्रमक देखिएको रूपन्देहीले ३ गोल गर्यो। दोस्रो हाफको ८ औँ मिनेटमा विदेशी खेलाडी आबाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
दोस्रो हाफको ३३औँ मिनेटमा अमर डंगोलले गोल गर्दै खेलमा अग्रता लिएर विदेशी खेलाडी अवालेको पासलाई डंगोलले हेडमार्फत गोल गरेका थिए। ४२ औँ मिनेटमा रुपन्देहीका विजय धिमालले गोल गर्दै नजिता टिमको जित निश्चित गरे।
डिएरिया बाहिरको करिब १० मिटर टाढाबाट प्रहार गरेको गोलले जालि चुमेपछि रूपन्देहीले ३-१ ले विजयी भयो।
खेलको म्यान अफ द म्याच रुपन्देहीका विदेशी खेलाडी अवाले भए । उनलाई नगद १० ले सम्मान गरियो। प्रतियोगिताअन्तर्गत शनिबार हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र एपीएफबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका आर्थिक संयोजक गणेश प्रधानले सेतोपाटीलाई बताए।