म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर प्याट्रिस इभ्रा युरोपा लिग खेल सुरू हुनुभन्दा अगाडि नै रातो कार्ड पाएर बाहिरिएका छन्। युरोपा लिगमा खेलअघि नै रेड कार्ड पाउने उनी पहिलो खेलाडी हुन् ।
मार्सेइका ३६ वर्षीय यी फ्रेन्च लेफ्ट–ब्याक बिहिबार राति पोर्चुगलको स्टेडियो डि आफेन्सो हेनरिक्स रंगशालामा युरोपा लिगअन्तर्गत भिटोरिया गुइमारेसविरुद्ध खेल खेल्न मैदानमा उत्रिँने तयारीमा थिए।
एक फ्रेन्च पत्रिकाका अनुसार ती समर्थकले ‘वाम अप’ गरिरहेका बेला इभ्राको मजाक उडाएका थिए । इभ्रा पहिले उनीसँग केही कुरा गर्दै थिए तर एकैछिनमा स्थिति बिग्रिएपछि रिस थाम्न नसकेर इभ्राले समर्थकको टाउकोमै किक हाने ।
उनले रेड कार्ड पाए पनि खेल शुरु नहुँदैको घटना भएकाले मार्सेली ११ जना खेलाडीसहित नै खेल्यो । खेलमा मार्सेली १–० ले पराजित भएको हो ।
युरोपेली फुटबलमा यस्तो खालको घटना १९९५ मा भएको थियो। जतिबेला म्यानचेस्टर युनाइटेडका एरिक क्यान्टोनाले उडेर कम्फु शैलीमा सेलहस्र्ट पार्कमा क्रिस्टल प्यालेसका समर्थक म्याथ्यु सिमोन्सलाई हिर्काएका थिए।
https://www.youtube.com/watch?v=pWBml5ZCybE