एफसी यू–१९ च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालले आज घरेलु टोली किर्गिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। खेल नेपाली समयअनुसार बिहान ११:४५ बजेदेखि सुरू भएको हो। नेपाल र किर्गिस्तानका युवा टिमबीच आज यो भेट पहिलो हो।
एक महिनाअघि भुटानमा भएको साफ यू–१८ च्याम्पियनसिपको उपाधि जितेको नेपाली टिम उच्च मनोबलसहित किर्गिस्तान पुगेको हो। समूह चरणमा नेपालले तुलनात्मक रूपमा आफूभन्दा बलिया टिमसँग खेल्नुपर्ने छ।
नेपाल ४० मिनेटसम्मको खेलमा १ गोलले पछि परेको छ। २२ अौं मिनेटमा नेपाली डिफेन्सको गल्तीले गोल खान पुगेको हो।