भारतले अस्ट्रेलियालाई पहिलो एकदिवसीय खेलमा २६ रनले हराउँदै पाँच एक दिवसीयमा विजयी सुरूआत गरेको छ। वर्षाले प्रभावित खेलमा घरेलु टोलीले ‘डक वर्थ एन्ड लुइस’ नियमको आधारमा पाहुना टोलीलाई हराएको हो।
भारतलाई जिताउन महेन्द्र सिंह धोनी र हार्दिक पाण्ड्याले महत्वपूर्ण योगदान दिए।
टस जितेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८१ रन बनायो। ११ रनमै महत्वपूर्ण ३ विकेट गुमाएको भारतका लागि पाण्ड्याले ८३, धोनीले ७९ रन, केदाव जाधवले ४० र भुवनेश्वर कुमारले अविजित ३२ रन बनाए। उत्कृष्ट फर्ममा रहेका पाण्ड्याले ५ छक्का प्रहार गरेका थिए।
भारतको पहिलो इनिङ समाप्त हुने वित्तिकै पानी परेको थियो। जसका कारण अस्ट्रेलियाले पुन निर्धारित लक्ष्यअनुरुप २१ ओभरमा १ सय ६४ रन प्राप्त गर्यो। भ्रमणकारी टोलीको पनि सुरुवात राम्रो हुन सकेन। ग्लेन मेक्सवेलले सर्वाधिक ३९ र डेभिड वार्नरले २५ रन बनाए। पुरै टिम २१ ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रनमा समेटियो।
ग्लेन मेक्सवेलले ३९ र डेभिड वार्नरले २५ रन बनाउनुबाहेक अष्ट्रेलियाका कुनै ब्याट्स्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । पाण्ड्याले भारतका लागि दुई विकेटसमेत लिए।
युजुवेन्द्र चहलले ३ र कुलदीपले २ विकेट लिए। जितसँगै भारतले शृंखलामा १–० को अग्रता बनाएको छ। हार्दिक म्यान अफ दि म्याच भए।