मोइन अलीको बिस्फोटक ब्याटिङका कारण दक्षिण अफ्रिकाविरुद्ध चौथो घरेलु टेस्टमा इङ्ल्यान्ड बलियो स्थितिमा देखिएको छ।
४ टेस्टको शृंखलामा २–१ ले अगाडि रहेको इङ्ल्यान्ड सन् १९९८ पछि अफ्रिकालाई हराउने अभियानमा छ। ओल्ड ट्राफोड टेस्टको पहिलो इनिङमा अफ्रिका २ सय २६ रनमा खुम्चिएपछि इङ्ल्यान्डले १ सय ३६ रनको अग्रता बनाएको थियो। इङ्ल्यान्डले पहिलो इनिङमा ३ सय ६२ रन बनाएको थियो।
आइतबार राती तेस्रो दिन दोस्रो इनिङको सुरुवात गरेको घरेलु टोलीले १५३ रनको अवस्थामा ७ विकेट गमाइसकेको थियो। तर, यसपछि मोइन अलीले ५९ बलमा ६७ रनको बिस्फोटक ब्याटिङ गरेपछि वर्षाले प्रभावित खेलमा इङ्ल्यान्डले ८ विकेटको क्षतिमा २ सय २४ रन बनाएको छ।
दक्षिण अफ्रिका ३ सय ६० रनले पछाडि छ। ओल्ड ट्राफोडको घुमिरहेको पीच र अस्वभाविक बाउन्स पिचमा इङ्ल्यान्डले बनाएको रन भ्रमणकारी टोलीका लागि खेलमा फर्किन असम्भव झै मानिएको छ।