लेग स्पिनर रवीन्द्र जडेजाले दोस्रो इनिङमा उत्कृष्ट प्रदर्शन गरेपछि भारतले घरेलु श्रीलंकाविरुद्ध दोस्रो टेस्ट इनिङ र ५३ रनले जितेको छ।
दिमुख करुणारत्ने र कुसल मेन्डिसले दोस्रो इनिङमा सतक बनाएपनि श्रीलंका ३ सय ८६ रनमा खुम्चियो।
भारतका लागि जडेजाले दोस्रो इनिङमा पाँच विकेट लिए। श्रीलंकाई ब्याट्सम्यानले आइतबार चौथो दिन टेस्ट जोगाउन ठूलो संघर्ष गरेका थिए। तर, लञ्चपछि सुरु भएको खेलमा जडेजाले लगातार विकेट लिएपछि श्रीलंका संकटमा परेको थियो।
जितसँगै भारतले तीन टेस्टको शृंखला २–० ले आफ्नो पक्षमा पारेको छ। भारतले पहिलो इनिङमा ६ सय २२ रन बनाएको थियो। प्रत्युत्तरमा श्रीलंका १ सय ८३ रनमा आउट भएपछि फलोअन जोगाउन असफल भयो। दोस्रो इनिङ पुनः सुरुवात गरेको घरेलु टोली ३ सय ८६ रनमै खुम्चिन पुग्यो।
भारतको ब्याटिङमा ७० रन पनि बनाएका जडेजा म्यान अफ दि म्याच छानिए।