भारतविरुद्ध दोस्रो टेस्टमा फलोअनमा परेको श्रीलंकाले दोस्रो इनिङमा केही राम्रो ब्याटिङ गरेको छ। श्रीलंकाका लागि कुसल मेन्डिसले शतकीय तथा दिमुथ करुणारत्नेले अविजित ९२ रन बनाएपछि घरेलु टोली २ सय ३० रनले पछाडि परेको छ।
भारतले पहिलो इनिङमा बनाएको ६ सय २२ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले १ सय ८३ रन मात्र बनाएको थियो। फलोअन रोक्न नसकेको श्रीलंकाले दोस्रो इनिङमा २ विकेटको क्षतिमा २ सय ९ रन बनाएको छ। उपुल थरङ्गा टोलीको स्कोर ७ रन हुँदा आउट भएका थिए।
तर, मेन्डिस र करुणारत्नेले १ सय ९१ रनको साझेदारी गर्दै घरेलु टोलीको स्थिति सुदृढ पारेका थिए। मेन्डिसले १ सय १० रन बनाए।