दक्षिण अफ्रिकी विकेटकिपर क्वान्टन डि कोकले टेस्ट क्रिकेटमा विकेट पछाडि एक सय जनालाई शिकार बनाएका छन्। उनी टेस्ट क्रिकेटमा सय जनालाई विकेट पछाडि शिकार बनाउने चौथो अफ्रिकी विकेटकिपर हुन्। उनले २३ टेस्टमा यो उपलब्धी हात पारेका हुन्। उनले आफ्ना अग्रज मार्क बुचरको कीर्तिमानलाई बराबरी गरे।
अस्ट्रेलियाका एडम गिलकृष्टले २२ टेस्टमा यो कीर्तिमान बनाएका थिए। इङ्ल्यान्डविरुद्ध शुक्रबारदेखि सुरु भएको चौथो टेस्टको पहिलो दिन उनले विकेट पछाडि ४ जनालाई शिकार बनाएका थिए।